सिमरा विमानस्थलको उडान बिहान ६ बजे देखि ११ बजे सम्म मात्र

हेटौंडा टुडे
२०७९ जेष्ठ २०, शुक्रबार १४:०५ गते

सिमरा/सिमरा विमानस्थल जेठ २४ गते देखि असार १३ गते सम्म दिउँसो बन्द हुने भएको छ । विमानस्थल मर्मत तथा सम्भारका लागि २० दिन दिउँसो बन्द हुने भएको हो ।  वर्षौदेखि जीर्ण अवस्थामा रहेको सिमरा विमानस्थल दैनिक उडानको समय कटौती गरिएको सिमरा विमानस्थलले जनाएको छ ।

विमानस्थलमा पिचिंग र कालोपत्रेको काम गर्नु पर्ने भएको हुँदा यही जेठ २४ गते देखि असार १३ गते सम्म बिहान ६ बजे देखि ११ बजे सम्म मात्रै उडान भर्न दिने सिमरा विमानस्थलका प्रमुख भुपेन्द्र भट्टले जानकारी दिएका छन्। निर्माणको काम सप्तकोशी निर्माण सेवा कम्पनीले गर्ने जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*