हेटौंडा । हेटौंडा – १८ हर्नामाडिमा रहेको लक्ष्मी लघुबित्त बित्तीय संस्था लिमिटेडको आयोजनामा आज बकैया गाउपलिकामा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । बकैया गाउपलिका वडा नम्बर – ४ स्थित श्री महेन्द्र उच्च मा. बि. छतिवनमा कार्यक्रम भएको हो ।
लक्ष्मी लघुबित्त बित्तीय संस्था लि हर्नामाडी शाखाको शाखा प्रमुख श्रीमति शान्ति थोकरले बित्तीय साक्षरताको बारेमा बोल्दै उनले थोरै बचत गर्दै उत्पादन मुलक क्षेत्रमा लगानी गरि आय आर्जनको श्रोत बढाउन सकिने मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा कक्षा १० मा अध्ययनरत ८० जना बिद्यार्थीको उत्साहजनक सहभागिता रहेको थियो भने कार्यक्रममा संस्थाको कर्मचारीहरुले कर्जा, बचत, मोबाइल बैंकिङ, रेमिटेन्स , मोबाइल एप आदिको बारेमा आ(आफ्नो मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
सेयर गर्नुहोस्