हेटौडा। हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ स्थित जनचेतना स्वाबलम्बन बचत तथा ऋण सहकारी लिमिटेडका संचालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा संचालक समितका अध्यक्ष धादिङ फुलखर्क घर भई हेटौंडा– ८ बस्ने ४० वर्षीय रामकृष्ण अधिकारी र कोषाध्यक्ष हेटौंडा– ८ का ३२ वर्षीय राजीव तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक ९प्रवक्ता० टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, बचत कर्ताको रकम माग गरिएको समयमा फिर्ता नगरिएको भन्दै दर्जनौ बचतकर्ताहरुले सहकारीको पासबुकसहित उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुविरुद्ध बचकर्ताहरुले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सहकारी संचालकविरुद्ध साउन २४ गते संयुक्त जाहेरी दखास्त दिएका थिए । उनीहरूले आफूहरूको पैसा हिनामिना गरेको र फिर्ता गर्न माग गर्दा नदिएको भन्दै सहकारी सञ्चालक समितका अध्यक्ष अधिकारी र कोषाध्यक्ष तामाङविरुद्ध जाहेरी दर्ता गराएका थिए ।