हेटौडा । बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । सुन प्रतितोला ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ प्रतितोला ९३ हजार ५०० रुपैयाँ रहेको आज घटेर ९२ हजार ८०० रुपैयाँमा झरेको छ । त्यस्तै, यसअघि प्रतितोला ९३ हजार रुपैयाँ रहेको तेजावी सुनलाई आज ९२ हजार ३०० रुपैयाँ पर्नेछ ।
सेयर गर्नुहोस्




















