हेटौडा । नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठीको आयोजनामा मंगलबार देखी हेटौंडामा जनै बनाउने तालिम सुरु भएको छ । मंगलबारबाट सुरु भएको तालिम एक साता चल्ने नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठीका महासचिब गोमा गौतमले बताउनु भयो । तालिममा मकवानपुरका ४३ जना महिला र ७ जना पुरुष गरी ५० जनाले सहभागिता जनाएका छन् ।
महिलाहरुलाई घरमै बसी आयआर्जन गर्न सकिन्छ भन्ने उदेश्यले यो तालिमको आयोजना गरीएको गौतमले बताउनु भयो । तालिममा हरि प्रसाद अधिकारी,जगनाथ अधिकारी र कृष्ण प्रसाद सिलवालले प्रशिक्षण गराईरहनु भएको छ । तालिमबाट महिलाहरुले आत्मनिर्भर बनाउन सहयोग बनाउने भन्दै यहि तालीमबाट महलिाहरुलाई मकैको खोस्टाबाट सजाउने फुल बनाउने तालिमको पनि ब्यबस्था रहेको महासचिब गौतमले बताउनु भयो । तालीम सामुदायिक महिला बिकाश केन्द्रको ब्यबस्थापनमा भैरहेको छ । तालीमबाट महिलाहरु जनै बनाउन जानेपछि उत्पादन भएका जनै आयोजक आफैले खरीद्ध गर्ने महासचिब गौतमले बताउनु भयो ।




















