हेटौडा । मकवानपुर प्रहरीले राक्सिराङ गाउँपालिका–५ पेन्चे डाँडाको जंगलबाट १२० किलोग्राम लागूऔषध गाँजा बरामद गरेको छ । उक्त गाँजा विशेष सूचनाको आधारमा पुगेको ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले गत शुक्रबार राति बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले जंगलमा अपरिचित व्यक्तिहरुले लुकाई राखेको ६ वटा प्लास्टिकको बोरामा उक्त गाँजा बरामद गरेको हो । गाँजालाई नियन्त्रणमा लिई उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
सेयर गर्नुहोस्




















