भीमफेदी बस दुर्घटना अपडेट: मृतकको संख्या ७ पुग्यो, घाईतेको हेटौंडा अस्पतालमा उपचार हुदै

हेटौडा टुडे
६ आश्विन २०७९, बिहीबार १७:३८

हेटौंडा । भीमफेदीको जुरीखेतमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । बिहीबार दिउँसो काठमाडौंबाट हेटौंडा आउँदै गरेको बस दुर्घटना हुँदा बसमा सवार ६ जनाको घटना स्थलमै मृत्यु भएको थियो । गम्भीर घाइते मध्ये १ जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बिहीबार दिउँसो काठमाडौंबाट विरगंज जान आउँदै गरेको ना ३ ख ७८५८ नंबरको बस जुरीखेतमा दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको मृत्यु भएको थियो ।  घटनास्थलबाट ईलाका प्रहरी कार्यालय भिमफेदि र स्थानीयले उद्वार करिब दुई दर्जन घाइते यात्रुहरुलाई हेटौंडा अस्पताल पठाएका थिए । अहिले घाईते सबैको हेटौंडा  अस्पतालमा उपचार भईरहेको छ । दुर्घटनामा मृत्यु हुने र घाइतेकोे पहिचान खुल्न बाकि रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*