हेटौंडा । हेटौंडा ७ न्युरेनी नगदह स्थित कर्रा खोलामा शुक्रबार अपरान्ह पौडी खेल्ने क्रममा बेपत्ता भएका तीनै जनाको शव फेला परेको छ ।
शुक्रबार अपरान्ह ५ः३० बजेको आसपासमा ४ जना पौडी खेल्न खोलामा प्रवेश गरेकोमा तीन जना बालक बेपत्ता भएका थिए । पानीमा डुवेको अवस्थामा उनीहरुलाई सशस्त्र प्रहरी र सेनाको टोलीले फेला पारेको हो ।
सकुशल उद्धार गरिएका बालकका अनुसार उनीहरु हेटौंडा ८ कमानेबाट पौडी खेल्न आएका थिए । मृत फेला परेका बालकहरुको पहिचान खुल्न बाँकी रहेका खोजी कार्यमा संलग्न वडा प्रहरी कार्यलयका प्रहरी प्रमुख प्रहरी निरिक्षक केशर कुमार न्यौपानेल जानकारी दिए ।
सेयर गर्नुहोस्




















