सरकारले शताब्दी पुरुष सत्यमोहनको निधनमा एक दिन बिदा दिने

हेटौंडा टुडे
२०७९ आश्विन ३०, आईतवार १४:५२ गते

हेटौडा । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा सरकारले  एक दिन बिदा दिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले शोकमा एक दिन बिदा दिने प्रस्ताव संस्कृति मन्त्रालयमा तयार भइसकेको बताए । यद्यपि सरकारले निर्णय भने गरिनसकेको उनको भनाइ छ ।

ललितपुरमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री श्रेष्ठले बिदाको आधिकारिक सूचना सरकारी माध्यमबाट सार्वजनिक गरिने बताए । जोशीको आइतबार ललितपुरस्थित किस्ट अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*