हेटौँडाको ड्राईभर डाँडाबाट करिब २० किलो अबैध चाँदीको गहना सहित एकजना पक्राउ

हेटौंडा टुडे
२०७९ आश्विन ३०, आईतवार १८:२० गते

हेटौँडा । लुकिछिपि करिब २० किलो चाँदीको गहना हेटौँडा ल्याउदै गरेको अवस्थामा मकवानपुर प्रहरीले एकजनालाई पक्राउ गरेको छ । अबैध ढंगबाट हेटौँडा ल्याईदै गरेको १९ किलो ८ सय ४५ ग्राम चाँदीबाट बनेको गरगहना सहित हेटौँडा–१४ बाट लालबाबु शाहलाई हेटौँडा –१४ ड्राइभर डाँडाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रदेश ०२–०३–०१८ प ८२४८ नंबरको मोटरसाईकल रोकेर जाँच गर्दा उनको साथबाट अबैध ढंगबाट ल्याईएको गरगहना फेला परेकोले नियन्त्रणमा लिईएको प्रहरीको भनाई छ । पक्राउ परेका शाहालाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय बारा पठाईएको प्रहरीको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*