हेटौडा-आजबाट सरकारी कार्यालय खुल्ने समय घटेकाे छ । आज (कार्तिक १६ गते, बुधबार) बाट देशभरका सरकारी कार्यालय ४ बजेसम्म मात्र खुल्ने भएका छन् ।
आजबाट जाडोयामको कार्यालय समय लागु हुने भएकोले सरकारी कार्यालय खुल्ने समय एक घण्टा कम भएको हो ।आजदेखि माघ १५ गतेसम्म सरकारी कार्यालयहरु बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मात्र खुल्ने भएका हुन् । शुक्रबार भने ३ बजेसम्म कार्यालय समय कायम रहनेछ ।
माघ १६ गतेदेखि भने सरकारी कार्यालयहरु बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म नै कार्यालय खुल्ने छन् ।
सेयर गर्नुहोस्





















