हेटौडा-स्वास्थ्य मन्त्रालयले आफू मातहतका कार्यालयलाई स्वास्थ्य सेवाका सातौं र आठौं तहमा रिक्त रहेका पदहरुको विवरण तीन दिन भित्र उपलव्ध गराउन निर्देशन दिएको छ।
मन्त्रालयले लोकसेवा आयोगको स्वीकृत वार्षिक तालिका अनुसार आर्थिक वर्ष २०७९/८० मा रिक्त पदहरुको पदपूर्ति गर्ने प्रयोजनकालागि विवरण माग गरेको जनाएको हो
।मन्त्रालयले स्वास्थ्य सेवा विभाग देखि प्रतिष्ठान तथा अस्पतालहरु तालीम केन्द्र गरी आफू मातहतका २६ वटा निकायलाई पत्र पठाएको छ। उसले सूचनामा विवरण पठाउने भन्दै नमूना समेत उल्लेख गरेको छ।
सेयर गर्नुहोस्





















