हेटौडा-भारतीय बक्स अफिसमा रिलिज भएको पहिलो दिन हरर-कमेडी ‘फोन भूत’ ले राम्रो प्रदर्शन गरेको छ।
निर्माताका अनुसार शुक्रवार सो चलचित्रले २.०५ करोड भारतीय रुपैयाँ कमाएको छ ।
शुक्रबार रिलिज भएको सुपरनेचुरल कमेडी चलचित्रमा क्याट्रिना कैफ, इशान खट्टर र सिद्धान्त चतुर्वेदीको मुख्य भूमिका रहेको छ ।
फरहान अख्तर र रितेश सिधवानीको नेतृत्वमा रहेको प्रोडक्सन कम्पनी एक्सेल इन्टरटेनमेन्टले बक्स अफिसको व्यापार सार्वजनिक गरेको हो ।
सेयर गर्नुहोस्