डेंगु रोगीको सङ्ख्या ५० हजार नाघ्यो

हेटौंडा टुडे
२१ कार्तिक २०७९, सोमबार १६:३४

हेटौडा-नेपालमा डेंगु रोगीको सङ्ख्या ५० हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार थप ३ हजार ४९५ जनामा डेंगु रोग पुष्टि भएको हो ।योसँगै देशभर कूल डेंगु रोगीको सङ्ख्या ५० हजार २६३ पुगेको छ ।

गत कार्तिक १४ गते यो सङ्ख्या ४६ हजार ७६८ पुगेको थियो । यता यस रोगबाट मृत्यु हुनेको सङ्ख्या ५५ पुगेको छ । गत साउन महिनादेखि सुरु भएको डेंगु रोगको सङ्क्रमण ७७ वटै जिल्लामा फैलिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*