सुनको मूल्य बढ्यो

हेटौंडा टुडे
२२ कार्तिक २०७९, मंगलवार ११:४१

हेटौडा -सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार सुनको मूल्य बढेको र चाँदीको स्थिर रहेको जानकारी दिएको हो ।

जसअनुसार, आज छापावाल सुनको मूल्य तोलामा ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ५०० रुपैयाँ छ । हिजो सोमबार यसको मूल्य तोलामा ९४ हजार ३०० र तेजाबी सुनको मूल्य ९३ हजार ८०० रुपैयाँ कायम थियो ।

हिजो सोमबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको थियो । आइतबार छापावाल सुनको मूल्य ९४ हजार ५०० र तेजाबी सुनको मूल्य ९४ हजार रूपैयाँ थियो ।

यससँगै, आज चाँदीको मूल्य स्थिर कायम भएको छ । महासंघले आज चाँदीको मूल्य तोलामा १२ सय ६५ रूपैयाँ तोकिएको जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*