हेटौडा-आउने दशकको पहिलो दिन नेपाली फिल्मको लागि निकै प्रतिस्पर्धात्मक हुने पक्का भएको छ ।
घरेलु फिल्मका ठूला ब्यानरहरु २०८० सालको वैशाख १ गते फिल्म प्रदर्शनको तयारीमा जुटेका छन् । झरना थापाको ‘भगवत् गीता’ र रामबाबु गुरुङको ‘जारी’ सोही मितिमा आउने निश्चित भइसकेको छ ।
यस्तोमा सोही मितिमा अर्को प्रतीक्षित फिल्म आउने निश्चित छ, जसले घरेलु फिल्मको रिलिज समीकरणलाई प्रभावित बनाउने पक्का छ । ‘नाइँ नभन्नु ल ६’ वैशाख १ गते आउने निर्णय भइसकेको छ ।
सेयर गर्नुहोस्