हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ की लोकतान्त्रिक बाम गठबन्धन उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले जनताको अधिकार स्थापित गर्न ल्याएको संविधान नमान्नेहरुलाई जनतासंग मत माग्ने नैतिक अधिकार नभएको जिकिर गर्नुभएको छ । बिहिवार बागमती गाउँपालिका वडा नम्बर ९ लितिमा भएको चुनाबीसभामा बोल्दै उम्मेदवार डिनाले यस्तो बताउनुभएको हो । कमल थापा र दिपक सिंह अहिले जनताको घर–घर पुगेर भोट मागिरहेका छन्, डिनाले भन्नुभयो– ‘जनताको अधिकारका लागि ल्याइएको संविधान नमान्ने उनीहरुलाई आज जनतासंग भोट माग्ने कुनै नैतिक अधिकार नै छैन ।
उम्मेदवार डिनाले आफु बिजयी भए यस क्षेत्रका लागि राष्ट्रिय बजेट ल्याउने दाबी गर्नुभयो । गठबन्धनको जित सुनिश्चित भइसकेको बताउँदै उहाँले अब मंसिर ४ गते कुर्नु परेको बताउनुभयो ।
सेयर गर्नुहोस्