ड्राइभिङ स्कुल संघ मकवानपुरको अध्यक्षमा सरस्वतीदेवि रानाभाट चयन

हेटौंडा टुडे
२०७९ कार्तिक २७, आईतवार १०:४० गते

हेटौंडा- ड्राइभिङ स्कुल संघ मकवानपुरको अध्यक्षमा सरस्वतीदेवि रानाभाट चयन भएकी छन् । शनिबार हेटौंडामा एक कार्यक्रमबीच संघ शाखा स्थापना गर्दै रानाभटको अध्यक्षतामा १० सदस्सीय कार्यसमिति निर्माण गरिएको हो ।

संघको जिल्ला उपाध्यक्षमा उत्तमकुमार लामिछाने, सचिवमा रमेशकुमार कोईराला, सहसचिवमा रामकुमार पौडेल र कोषाध्यक्षमा राधेश्याम केसि चयन भएका छन् । यसैगरी, सदस्यहरुमा सागर थापा, सागर गुरुङ, राजकुमार तामाङ, शंकर क्षेत्री र छेगु लामा रहेका छन् ।

संघको केन्द्रीय अध्यक्ष रामचन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रीय वरिष्ठ उपाध्यक्ष खगेन्द्र बुढाथोकी, उपाध्यक्ष डम्बरबहादुर थापा लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*