थप १४ जनामा काेराेना संक्रमण

हेटौंडा टुडे
२०७९ कार्तिक २९, मंगलवार १६:०९ गते

हेटौडा-नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ८६४ पीसीआर परीक्षणका क्रममा १२ जना र ४६६ एन्टिजेन परीक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै, थप २० संक्रमित निको भएका छन् । हाल नेपालमा ४९१ सक्रिय संक्रमित आइसाेलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*