डडेलधुरामा २ बजेबाट मतगणना सुरु

हेटौंडा टुडे
२०७९ मंसिर ५, सोमबार १३:२४ गते

हेटौंडा–प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत डडेलधुरामा मतगणनाको तयारी थालिएको छ । आइतबार सम्पन्न मतदानको गणना सुरु गर्ने तयारी गरिएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणनाका लागि सर्वदलीय बैठक सकिएको छ । आज दिउँसो २ बजेदेखि मतगणना थाल्ने तयारी गरिएको छ ।

डडेलधुराबाट प्रतिनिधिसभा सदस्यका लागि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कांग्रेस (बीपी)का वरिष्ठ उपसभापति कर्णबहादुर मल्ल, स्वतन्त्र सागर ढकाललगायत आठ उमेदवार प्रतिस्पर्धामा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*