हेटौंडा । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर–२ को प्रदेशसभा ९ख० मा इन्द्र बानियाँको जित सुनिश्चित जस्तै देखिएको छ । बानियाँ जितको नजिक पुगेका छन् । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर–२ को प्रदेशसभा ९ख० मा लोकतान्त्रिक बाम गठबन्धनका इन्द्रबहादुर बानियाँले १७ हजार ३०१ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका लालबहादुर थापाले १५ हजार ६९५ मत पाएका छन् । यस क्षेत्रमा ४० हजार ५९९ मत खसेकोमा अब अब २ हजार ९०४ मत गणना गर्न बाँकी छ । बानियाँ थापाभन्दा १ हजार ६०६ मतले अगाडि छन् ।
सेयर गर्नुहोस्






















