मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु

हेटौंडा टुडे
२०७९ मंसिर ११, आईतवार १०:४५ गते

हेटौडा ।तेह्रथुममा  शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा परी  १ युवकको मृत्यु भएको छ। फेदाप गाउँपालिका–२ ओयाक्जुङका ४२ वर्षीय चन्द्रबहादुर लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रवक्ता छिपिन्जो भोटेले जानकारी दिए। सदरमुकाम म्याङ्लुङबाट ओयाक्जुङ फर्किने क्रममा को२१प ४२२८ नंको मोटरसाइकल दुर्घटना परेको थियो। म्याङलुङस्थित दशगते उद्यानमा मोटरसाइकल अनियन्त्रित भइ सडकको पिलरमा ठोक्किएपछि घाइते भएका लिम्बूको उपचारका लागि धरान लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।


 


 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*