टयाक्टरको ठक्करबाट एककाे मृत्यु

हेटौंडा टुडे
२०७९ मंसिर १४, बुधबार १५:०६ गते

 हेटौंडा | पर्सामा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बहुदरमाई नगरपालिका वडा नं. ८ निवासी ४५ वर्षीय तपसी शाह कानु रहेका छन्।

मंगलबार राति करिब पौने ९ बजेको समयमा रामनगरीबाट महुवनतर्फ जाँदै गरेको २८५८ नम्बरको ट्याक्टरले सखुवाप्रसौनी ५ चोकस्थित सडकखण्डमा चटपटे बिक्री गरी घर फर्कँदै गरेका शाहलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु हाे।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*