सुनसरी ४ मा सञ्चारमन्त्री कार्की विजयी

हेटौंडा टुडे
२०७९ मंसिर १५, बिहीबार ११:२८ गते

हेटौडा । सुनसरी ४ मा अन्तिम परिणाम सार्वजनिक भएको छ। अन्तिम परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्की झिनो मतान्तरले विजयी भएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहेका कार्की नेकपा एमालेका उम्मेदवारसँग ११२ मतको अन्तरले विजयी भएका हुन्। कार्की ३० हजार ४८३ मत प्राप्त गर्दै विजयी भए।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका जगदिश प्रसाद कुसियैतले ३० हजार ३७१ मत प्राप्त गरे।मतगणनाको सुरुदेखि नै कांग्रेसका कार्की र नेकपा एमालेका उम्मेदवार कुसियैतबीच चर्को प्रतिस्पर्धा भएको थियो। बीचमा विवादपछि मतगणना रोकिएको थियो। विवाद समाधानपछि सुरु भएको मतगणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। अन्तिम परिणाम भने केही बेरमा घोषणा हुने जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*