सवारी दुर्घटनामा वृद्धको मृत्यु

हेटौंडा टुडे
२०७९ मंसिर १५, बिहीबार ११:३४ गते

हेटौडा  ।  सवारी दुर्घटनामावीरगन्जमा वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका वडा नं २४ का ७० वर्षीय रुपा राउत कुर्मी हुन् ।कुर्मीको वीरगन्जस्थित नारायणी अस्पतालमा बुधबार साँझ करिब ७ बजे मृत्यु भएको हो । उनलाई बुधबार साँझ साढे ६ बजेको समयमा वीरगन्ज मनपा–२५ चण्डाल चोकस्थित सडक खण्डमा ना ३ ख ६०७५ नम्बरको ट्रकले ठक्कर दिइ गम्भीर घाइते बनाएको थियो ।प्रहरीले उनलाई तत्कालै उपचारार्थ अस्पताल पुर्‍याएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

ट्रक चालक वीरगन्ज–२२ जगरनाथपुरका २५ वर्षीय छोटुकुमार कुशवाहालाई प्रहरीले नियन्त्रणमा लिएको छ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*