बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या ४२ हजार १ जना पुग्यो

हेटौंडा टुडे
२०७९ मंसिर १९, सोमबार १४:३१ गते

हेटौंडा | बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या ४२ हजार १ जना पुगेको छ । प्रदेशमा गत साउनदेखि आईतबारसम्ममा उक्त संख्यामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय बागमती प्रदेशले जनाएको छ ।

डेंगुबाट प्रभाबित बनेको प्रदेशका जिल्लाहरुमध्ये सबैभन्दा धेरै काठमाडौं रहेका छन् भने सबैभन्दा थोरै रसुवा रहेका छन् । काठमाडौंमा ११ हजार १२७ जना डेंगु संक्रमितका बिरामी फेला पर्दा रसुवामा भने ११ जनामात्रै डेंगु संक्रमणका बिरामी फेला परेका छन् ।

यसैगरी, ललितपुरमा ९ हजार ६०३, मकवानपुरमा ५ हजार ८१४, भक्तपुरमा १ हजार १२४, चितवनमा ३ हजार १५९, धादिङमा १ हजार ६४५, काभ्रेमा ५३६, रामेछापमा २३४, सिन्धुपाल्चोकमा २०९, नुवाकोटमा २७३, सिन्धुलीमा १७० र दोलखामा १०४ जनालाई डेंगु संक्रमण पुष्टि भएको जनाइएको छ ।

यस्तै, प्रदेशमा हालसम्म डेंगु संक्रमणका कारण मृत्यु हुनेको संख्या २३ जना पुगेका छन् । जसमा काठमाडौंका ७ जना, सिन्धुली र रामेछापका ३/३ जना, ललितपुर, काभ्रे, मकवानपुर र चितवनका २/२ जना, भक्तपुर र धादिङका १/१ जना रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*