सुनचाँदीको मूल्य स्थिर

हेटौंडा टुडे
२०७९ मंसिर २१, बुधबार ११:२७ गते

हेटौंडा  | साप्ताहिक कारोबारको चौथो दिन आज (बुधबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य यथावत् रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार पनि सुन तथा चाँदीको कारोबार मंगलबारकै दररेटमा भइरहेको छ।

यसअघि मंगलबार सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेको थियो। मंगलबार छापावाल सुन प्रतितोला ९९ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९८ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो। चाँदीको मूल्य पनि यथावत् रहेको छ।

मंगलबारजस्तै बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ३५० रुपैयाँ कायम भएको छ। मंगलबार भने चाँदीको मूल्य तोला ३५ रुपैयाँ घटेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*