हेटौडा । नयाँ भवन बनाउने क्रममा माटोको ढिस्कोले पुरिएर निर्माण व्यवसायी कृष्ण बरुवालको मृत्यु भएको छ। भवन निर्माणका लागि जग नापजाँच गर्न बुधबार बिहान भवन निर्माणपरिसर पुगेका करिब ४५ वर्षीय बरुवालको अकस्मात खसेको ढिस्कोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
अन्नपूर्ण गाउँपालिका– ६ घार निवासी बरुवालले ठेक्कामा क्याम्पसको भवन बनाउन लागेका थिए। डोजरले खारेर भिरालो परेको भित्ताको ढिस्को एक्कासि खसेर पुरेको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए। ढिस्कोले पुरिएको एक घन्टापछि प्रहरी र स्थानीयवासीले डोजरको सहायताले उद्धार गरी उनलाई बेनी अस्पताल पुर्याएका थिए।अस्पताल पुर्याएलगत्तै उपचारका क्रममा बरुवाललाई चिकित्सकले मृत घोषणा गरेका थिए।
सेयर गर्नुहोस्






















