हेटौंडा | तारकेश्वर नगरपालिकाकाे चिसापानी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा प्रदेश ३ बा ६१८९ नम्बरको मोटरसाइकलमा सवार २३ वर्षीय सविन फुँयाल रहेका छन्।
फुँयाल सडककाे छेउमा गएराति साढे ८ बजे गम्भीर अवस्थामा फेला परेका थिए। बालाजु प्रहरीका अनुसार उनकाे उपचारकाे क्रममा ग्रिनसिटी अस्पतालमा मृत्यु भएकाे हाे।
माेटरसाइकललाई ठक्कर दिने सवारीसाधनकाे बारेमा खुल्न नसकेकाे प्रहरीले जनाएकाे छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सेयर गर्नुहोस्


















