हेटौंडा | मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पताललाई अल्ट्रासाउण्ड मेसिन सहयोग गरिएको छ । रोटरी क्लब अफ मकवानपुरले सोमबार एक कार्यक्रमबीच अस्पताललाई करिब १८ लाख रुपैयाँ पर्ने मेसिन सहयोगस्वरुप हस्तान्तरण गरेको हो ।
हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले हेटौंडा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रामचन्द्र सापकोटालाई मेसिन हस्तान्तरण गरेकी हुन् ।
सेयर गर्नुहोस्




















