हाइस र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु

हेटौंडा टुडे
२०७९ मंसिर २७, मंगलवार १३:०८ गते

 हेटौंडा | काठमाडौंको कुलेश्वरमा हाइस र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ।

काठमाडौं महानगरपालिका-१४ कुलेश्वरमा हिजो हाइस र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

दुर्घटनामा मोटरसाइकल चालक काठमाडौं नार्गाजुन-४ बस्ने २२ वर्षीय रवीन लामा  र पछाडि सवार २१ वर्षीय सुशील बम्जन घाइते भएका थिए।

घाइते दुवैको बयोधा अस्पताल बल्खुमा उपचार भैरहेकोमा रवीनको भने बेलुकी ८ बजे मुत्यु भएको हो।

हिजो साँझ पौने ६ बजे बा २ ख ३२२३ नम्बरको हाइस र बा ९१ प ७४८० नम्बरको मोटरसाइकल ठोकिएको हो। हाइस र चालक नियन्त्रणमा रहेको प्रहरी वृत्त कालीमाटीले जानकारी दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*