हेटौंडा। हेटौंडा वडा नम्बर(१७ चुच्चेखोलामा रहेको घर टहरा भत्काउन २१ दिने सुचना जारी भएको छ।१७ नम्बर वडाभित्र कान्तिलोकपथ सडक खण्डमा पर्ने घर टहरा भत्काउन १७ नम्बर वडा कार्यालयले २१ दिने सुचना प्रकाशित गरेको हो।
वडा कार्यालयले सडकखण्ड निर्माणका लागि सडकको दायाँ बाँयाका सडकको क्षेत्राधिकार भित्र पर्ने घर टहरा भत्काउन सुचना जारी गरेको हो। वडाअध्यक्ष उद्धव सत्यालद्वारा हस्ताक्षरित सुचनामा सडक चौडा गर्ने काम रहेकोले क्षेत्राधिकार भित्र पर्ने घर टहरा भत्काउन भनिएको हो ।
सेयर गर्नुहोस्




















