हेटौडा । नेपाली बजारमा आज बिहीबार पनि सुन–चाँदीको मूल्य बढेको छ। बुधबार तोलामा आठ सय रुपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख एक हजार रुपैयाँमा कारोबार भइरहेको छ। ।त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ।
सेयर गर्नुहोस्




















