हरेकको लागि आवश्यक व्यायाम। जान्नुहोस

हेटौंडा टुडे
२०७९ पुष ७, बिहीबार ११:३३ गते

हेटौडा। हिजोआज मानिसमा सुविधाका कारण हातखुट्टा धेरै नचलाउने लत बसिसकेको छ । यही लत नै मानिस धेरै बिरामी पर्नुको मुख्य कारण बनेको छ ।त्यसैले विज्ञले निरन्तर यही सल्लाह दिइरहेका छन् की दिनमा कम्तीमा २० मिनेट भए पनि व्यायाम गर्न जरुरी छ । किन व्यायाम आवस्यक छ । जान्नुहोस ।

रोग प्रतिरोधात्मक क्षमता विकास गर्न
कोही व्यक्तिलाई रुघाखोकी तथा संक्रमणले छिटै समातीहाल्छ भने उसमा रोगप्रतिरोधक क्षमता एकदमै कमजोर छ भन्ने देखाउँछ । यस्तो अवस्थामा खेल्नु वा व्यायामले यस्तो क्षमतालाई बढाउन मद्दत पुग्छ । धेरै अनुसन्धानहरुले पनि यो बताउँछ कि जो व्यक्ति बिहानबेलुका मात्र आधा घण्टा कुनै पनि खालको व्यायाम वा वर्कआउट गर्छ भने उनीहरुलाई साधारण खालका इन्फेक्शनले छिटै समात्न सक्दैन ।यस्ता व्यक्तिहरुको रोगप्रतिरोधक क्षमता अन्य सिथिल व्यक्तिको तुलनामा दुईगुणा ज्यादा हुन्छ ।

हरेकको लागि आवश्यक व्यायाम

क्रियाशील रहेर इम्युनिटीलाई बढाउँदाको लाभ हरेक स्त्री, पुरुष, बच्चा, बुढा तथा घरपालुवा जनावरलाई समेत हुन्छ । त्यसैले दौडनु तथा हिँड्नु स्वास्थ्यको लागि एकदमै राम्रो मानिन्छ । यसले रक्तसञ्चार राम्रो बनाउनुको साथै शरीर र दिमाग दुवैको बीचमा सन्तुलन बनाइराख्न मद्दत गर्छ । तर यही व्यायाम सन्तुलन मिलाएर गरिएन् वा शरीरले थेग्ने भन्दा ज्यादा गरियो भने हानिकारक पनि हुन सक्छ । त्यसैले शरीरले बाधा नमान्ने गरी आवश्यक व्यायाम गर्नु नै स्वास्थ्यका लागि एकदमै लाभदायक छ ।

शरीरलाई सक्रिय राख्दाका सकारात्मक असर

व्यायाम तथा खेल जस्ता शरीरलाई चलायमान राख्ने कृयाकलापले फोक्सो तथा स्वासप्रस्वासबाट खराब ब्याक्टेरियालाई फाल्दै जान्छ । व्यायामले शरीरको रोगप्रतिरोधक क्षमतामा वृद्धि गर्दै लैजान्छ साथै रोगसँग लड्ने क्षमता प्रदान गर्छ ।व्यायाम गरिरहेका बेला तथा त्यसपछि शरीरमा उत्पन्न भएको तापक्रमले शरीरमा आउने खराब व्याक्टेरियालाई फैलन दिँदैन । व्यायामले शरीरमा उत्पन्न हुने स्ट्रेससम्बन्धी हर्मोन्सहरुको क्रियाकलापलाई सुस्त गराइदिन्छ । त्यसैले सही तरिकाले गरेको व्यायामपछि मन खुशी हुन्छ र शरीरमा स्फूर्ति पैदा हुन्छ ।

आजैदेखि व्यायाम सुरु गरी शरीर र दिमागलाई स्वस्थ बनाउनतिर लाग्नुहोस् ।

नेपाल भ्युज बाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*