बागमती प्रदेश : आज सर्वदलिय बैठक बस्दै

हेटौंडा टुडे
२०७९ पुष ८, शुक्रबार १०:२५ गते

हेटौंडा । बागतमी प्रदेशका सांसदहरुको शपथ ग्रहणको विषयमा छलफल गर्न आज सर्वदलिय बैठक बस्दैछ । बैठक विहान ११ बजेको लागी बोलाइएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरी खड्काले जानकारी दिए । बैठकले प्रदेशसभाको दोस्रो कार्यकालका लागि निर्वाचित भएका सांसदहरुको जेष्ठ सदस्यको अन्तिम निर्णय र शपथ ग्रहणको मिति टुंग्याउने छ । सर्वदलिय बैठकको निर्णय अनुसार प्रदेशसभा संचालनको लागि जेष्ठ सदस्यको छनौट गरी सबैभन्दा पहिले प्रदेश प्रमुखमार्फत् उनको शपथ गराउनु पर्ने कानुनी व्यवस्था रहेकोले सोही अनुसार सर्वदलिय बैठकले निर्णय गर्ने सचिव खड्काले बताए ।

जेष्ठ सदस्यलाई सपथ गराएपछि अन्य सदस्यहरूलाई शपथ गराउने सचिवालयको तायारी छ । प्रदेश सरकारसंगको समन्वयमा आगामी पुस ११ गतेको लागि जेष्ठ सदस्यको शपथ र १२ गते अन्य सांसदहरुको शपथ ग्रहणको कार्यक्रम राख्ने तयारी भएको र सोही अनुसारसर्वदलिय बैठक बोलाइएको उनले जनाकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*