हेटौडा । विश्व कुख्यात सिरियल किलरका रूपमा चिनिएका चार्ल्स शोभराज केन्द्रीय कारागार सुन्धाराबाट रिहा भएका छन् । उनलाई केही समय अगाडिमात्रै केन्द्रीय कारागारले रिहा गरेको हो । रिहा भएका उनलाई अध्यागमन विभागको जिम्मा लगाउने तयारी भएको छ । बिहीबार नै रिहा हुने भनिए पनि केही प्रक्रिया अझै बाँकी रहेका कारण उनी आज रिहा भएका हुन् ।
उनको पासपोर्ट लगायतका कागजात नभएकाले सो प्रक्रिया पूरा नभएसम्म अध्यागमन विभागकै हिरासतमा रहने शोभराजका वकिल गोपाल सिवाकोटीले जानकारी दिए । उनलाई विभागमा एक्लै राखिनेछ ।
सेयर गर्नुहोस्






















