राष्ट्रपति विद्यादेवी भण्डारी नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा सुर्खेतमा

हेटौंडा टुडे
२०७९ पुष ८, शुक्रबार १४:११ गते

हेटौडा । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा राष्ट्रपति विद्यादेवी भण्डारी पुग्नुभएको छ । आजदेखि शुरु भएको नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभामा सहभागी हुन उहाँ बुटवल हुँदै त्यता जानुभएको हो ।

साधारणसभामा राष्ट्रपति भण्डारीसहित एमाले महासचिव शंकर पोखरेल, माओवादी प्रवक्ता कृष्णबहादुर महरा, विभिन्न राजनीतिक दलका प्रतिनिधि, बरिष्ठ पत्रकारहरु सहभागी छन् । साधारणसभाको सफलताको शुभकामना दिन सुर्खेत पुगेका राष्ट्रपतिसहित विशिष्ट पाहुनालाई स्थानीय संस्कृति झल्किने नृत्यद्वारा स्वागत गरिएको ।

महासंघको साधारणसभामा सहभागी हुन देशभरबाट पत्रकार सुर्खेत पुगेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*