कैलाश वडा न. ८ मा विशेषज्ञ स्वास्थ्य शिविर, ४३० जना लाभान्वित

हेटौंडा टुडे
२०७९ पुष ८, शुक्रबार १७:४२ गते

हेटौंडा । कैलाश गाउँपालिकाले बिहिबार कैलाश–८ भार्तामा विशेषज्ञ स्वास्थ्य शिविरको आयोजना गरेको छ । शिविरबाट ४३० जना लाभान्वित भएको गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले जानकारी दिए । शिविरमा ५ जना विशेषज्ञ डाक्टरहरुले स्थानीयको स्वास्थ्य परिक्षण गरि निशुल्क औषधी र परामर्श उपलब्ध गराएका थिए । शिविरका लागि वाल रोग विशेषज्ञ, स्त्री रोग विशेषज्ञ, दन्त रोग विशेषज्ञ, जनरल फिजिसियन र आयुर्वेदिक चिकित्सकले सेवा उपलब्ध गराएको अध्यक्ष मुक्तानले जानकारी दिए ।

स्वास्थ्य शिविरमा आइपुगेका धेरैजसो सर्वसाधारणमा दाँतको समस्या, कुपोषण, कानको समस्या, निमोनिया जस्ता विरामीहरु फेला परेका पालिकाका स्वास्थ्य शाखा प्रमुख जगन्नाथ साहले बताए । स्वास्थ्य सेवाको पहुँच नपुगेका कैलाशका विकट गाउँहरु आवश्यकता अनुसार स्वास्थ्य शिविरको माध्यमबाट विशेषज्ञ सेवा उपलब्ध गराइने अध्यक्ष मुक्तानले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*