काठमाडौंमा वर्षकै चिसो महशुस

हेटौंडा टुडे
२०७९ पुष १२, मंगलवार १२:१८ गते

हेटौडा । देशभर चिसो बढ्दै गएको छ। यस्तै काठमाडौं उपत्यकामा पनि यस वर्षकै चिसो महशुस गरिएको छ। आज राति काठमाडौं उपत्यकामा अत्यधिक जाडो महुशस गरिएको हो। राति काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३।५ डिग्री सेल्सियसमा झरेको मौसम विज्ञान विभागले जनाएको छ। यो अहिलेसम्मकै न्यूनतम तापक्रम हो।

त्यस्तै, जिरीको न्यूनतम तापक्रम माइनस २ डिग्री सेल्सियसमा पुगेको छ। त्यस्तै, जुम्लाको माइनस ४ र जोमसोमको न्यूनतम तापक्रम माइनस ६ मा झरेको विभागले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*