हेटौडा । बिहीबार साँझ मकवानपुरको दुई छुट्टाछुट्टै स्थानामा भएको सवारी दुर्घटनामा परेर १० जना घाइते भएका छन् । जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्वर १ बाघझोला र हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ कर्रा पुल नजिकै भएको दुर्घटनामा परेर उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बिहीबार साँझ साढे ७ बजेको समयमा त्रिभुवन राजपथ अन्तरगत पर्ने मकवानपुरको हेटौंडा–भैसे सडकखण्ड अन्तरगत पर्ने भीमफेदी–१ बाघझोलामा काठमाडौंबाट सिमरातर्फ जाँदै गरेको ना १ ज ३४७६ नम्वरको सुमो आफै अनियन्त्रित भई नालिमा खस्न गई दुर्घटना हुदाँ सुमोमा सवार ९ जना घाइते भएका हुन् ।घाइते हुनेहरुमा मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर १ बस्ने महादेवडाँड बस्ने ३ को बिबाई सिंह बल, बाराको जितपुर सिमरा उपमहानगरपालिका।–७ जितपुर बस्ने २५ की मन्जु आचर्य, हेटौंडा उपमहानगरपालिका–४ बस्ने ३१ वर्षीय सुनिल ठाकुर, उनको छोरी ५ वर्षीया ५ मुस्कान ठाकुर, रौतहट घर बताउने १९ वर्षीय अभय ठाकुर, पर्सा बिरगंज महानगरपालिका–३ छप्कैया बस्ने ५८ वर्षीय ईमामोदिन महमद, उनको श्रीमती ४८ वर्षीया रमिता कोम, छोरी १२ वर्षीया आसिया महमद र बाराको जितपुर सिमरा उपमहानगरपालिका–३ बस्ने २३ वर्षीय आकश साह रहेका छन् ।
यस्तै, बिहीबार साँझ साढे ७ बजेकै समयमा हेटौंडा–८ कर्रा पुल नजिक पुर्व–पश्चिम सडकखण्डमा बाराबाट हेटौंडातर्फ आउँदै गरेको ना ४ च ४७८ नम्वरको फलाम लोड योद्ध पिकअप गाडी आफै अनियन्त्रित भई सडक छेउमा पार्किङ गरी राखेको ना १० प २२८०, बागमती प्रदेश ०३००४ प ३७५८ नं को मोटरसाइकललाई ठक्कर दिई ध्रुब बहादुर थापा क्षेत्रिको घरमा समेत ठोकिन पुग्दा सोही घरमा बसिरहेको भारत बलिया घर भई हाल हेटौंडा–९ डेरा गरी बस्ने ३३ वर्षीय राजेश शर्मा घाइते भएका छन् ।
दुबै दुर्घटनामा परेर घाइते भएकाहरुलाई उपचारको लागि हेटौंडा अस्पतालमा लगिएको र घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको मकवानपुर प्रहरीले जनाएको छ ।






















