हेटौडा। उकालो लागेको सुनको मूल्य साताको अन्तिम दिन घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ८ सय रूपैयाँ घटेर एक लाख २ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ ।बिहीबार छापावाल सुन प्रतितोला एक लाख ३१ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुन प्रतितोला एक लाख १८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
सेयर गर्नुहोस्






















