विद्युत प्राधिकरण पालुङले महशुल नबुझाउने ५६ ग्राहकको लाईन काट्यो

हेटौंडा टुडे
२०७९ पुष २३, शनिबार १४:०५ गते

हेटौंडा| नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले वक्यौता महशुल नबुझाउने ५६ ग्राहकको लाईन काटेको छ । लामो समयदेखि विद्युत महशुल नबुझाई बढि वक्यौता भएका ग्राहकको लाईन काटि पालुङ प्राधिकरणले वक्यौता उठाउन थालेको हो ।

वितरण केन्द्र प्रमुख बिरमान रास्कोटीका अनुसार, पटक–पटक सूचना गर्दा पनि अटेर गरि वक्यौता नबुझाएका ग्राहकहरुको गत बुधबारबाट लाईन काट्न शुरु गरेको हो ।

लाईन काटिएकामध्ये ४२ ग्राहकले महशुल तिरी लाईन जोडाउदा प्राधिकरणले १० लाख वक्यौता अशुल गरेको छ । अहिले पालुङ प्राधिकरणको वक्यौता झण्डै २ करोड छ ।

वक्यौता अशुल गर्न ३ महिना भन्दा बढी समय विद्युत महशुल नबुझाउने ग्राहकको लिष्ट तयार गरी लाईन काट्न टोली परिचालन गरिएको पालुङ प्राधिकरणले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*