भोलि देखि चितवन प्रशासनमा ‘टाइम कार्ड’ लागू हुने

हेटौंडा टुडे
२०७९ पुष २३, शनिबार १६:५३ गते

हेटौडा । जिल्ला प्रशासन कार्यालय चितवनले आइतबारदेखि सेवाग्राहीका लागि ‘टाइम कार्ड’ लागू गर्ने भएको छ । चितवन प्रशासनले राष्ट्रिय परिचयपत्र, राहदानी, नागरिकता र प्रतिलिपि शाखा, मुद्धा शाखा लगायतमा ‘टाइम कार्ड’ लागू गर्ने भएको हो । सेवाग्राहीलाई सहज बनाउनका लागि कार्यालय परिसरमा हेल्प डेस्क राखिने र आवश्यक कागजपत्र पूरा भएका सेवाग्राहीलाई मात्र ‘टाइम कार्ड’ दिइने छ ।

राष्ट्रिय परिचयपत्रका लागि प्रतिघण्टा ३०, राहदानीमा प्रतिघण्टा २० र नागरिकता एवं प्रतिलिपि सेवाग्राहीको कागज पत्रका आधारमा एक घण्टाभित्र उपलब्ध गराउने गरी ‘टाइम कार्ड’ दिन लागिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।टाईम कार्डले कर्मचारीलाई पनि जवाफदेही बनाउन मद्धत गर्ने उनको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*