हेटौंडा । मकवानपुर जिल्ला सहकारी संघ लि।हेटौंडाको उन्नाईसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार बागमती प्रदेश सरकार, भुमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव बलराम निरौंलाको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभामा संघका अध्यक्ष नारायण प्रसाद देबकोटाले प्रस्तुत गर्नुभएको बार्षिक नीति तथा कार्यक्रम सहितको प्रतिवेदनका साथै आ।ब। २०७८र०७९ को लेखापरिक्षण प्रतिवेदन सहित कोषाध्यक्ष बिमलकुमार ढकालले प्रस्तुत गर्नुभएको २०७९र०८० को लागि ४ करोड २७ लाख २६ हजार २ सय ५३ रुपैंया बराबरको अनुमानित बजेट समेत पारित गरेको छ ।
साधारण सभाकै अवसरमा संघको कार्यक्रम संयोजकको रुपमा कार्यसम्पन्न गर्नुभएका शिवहरि दाहालाई दोसल्ला ओडाई प्रशंसापत्रले सम्मान गरिएको थियो ।
सभधारण सभामा राष्ट्रिय सहकारी माहासंघका पुर्व सञ्चालक एबं संघका निबर्तमान अध्यक्ष श्री बद्रि प्रसाद लम्साल, केन्द्रिय कृषि सहकारी संघका लेखा सुपरिवेक्षण समिति संयोजक एवं कृषि सहकारी संघ मकवानपुरका अध्यक्ष श्री महेश्वर सुवेदी, प्रदेश सहकारी संघका सञ्चालक श्री मेनुका दहाल, प्रदेश सहकारी संघका सञ्चालक श्री बिमल कुमार ढकाल, प्रदेश कृषि सहकारी संघका सञ्चालक श्री बिमला कार्की, जिल्ला बहुउद्देशीय सहकारी संघ लि मकबानपुर अध्यक्ष श्री रामहरी न्यौपाने, जिल्ला बचत तथा ऋण सहकारी संघ लि मकबानपुरका सचिव श्री विरेन्द्र प्रसाद ढुंगाना, राष्ट्रिय सहकारी बैक लि। हेटौडा शाखा प्रमुख श्री रामेश्वर अर्याल लगायतको आतिथ्यता रहेको थियो ।
संघका सहसचिव शर्मिला श्रेष्ठले सञ्चालन गर्नुभएको सभामा संघका उपाध्यक्ष मेनुका घिमिरेले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो ।






















