हेटौडा । पूर्व पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको मनहरी(९ खरङ्गामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजना घाइते भएका छन् ।
मनहरीबाट हेटौंडा बजार तर्फ जाँदै गरेको ना३५प ४९१४ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आउँदै गरेको ना५ख ५४०६ नम्बरको बसले ठक्कर दिँदा मोटरसाइक चालक हेटौंडा(१९ बस्तिपुर बस्ने २३ वर्षीय बुद्धलाल बोम्जन घाइते भएको प्रहरीले जनाएको छ । घाइते बुद्धलालको चुरेहिल अस्पतालमा उपचार भइरहेको र उनको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ
सेयर गर्नुहोस्






















