लेखक एवं चलचित्र निर्देशक अरुण कुमार झाको निधन

हेटौंडा टुडे
२०७९ पुष २४, आईतवार १७:०७ गते

हेटौडा । पुराना चलचित्र लेखक एवं निर्देशक अरुण कुमार झाको ७२ वर्षको उमेरमा निधन भएको छ । झाको हृदयघातमा कारण आइतबार बिहान शिक्षण अस्पताल महाराजगन्जमा निधन भएको उनका समकालीन अभिनेता मदनदास श्रेष्ठले जानकारी दिए । ‘सोल्टिनी’, ‘चण्डाल’, ‘भुतुक्कै भएनी’ जस्ता नेपाली चलचित्रका निर्देशक उनी पछिल्ला वर्ष भने चलचित्र क्षेत्रबाट टाढा थिए ।लामो समयदेखि रोगबाट ग्रसित उनी ‘सोल्टिनी’ निर्माण तथा निर्देशनपश्चात चलचित्र क्षेत्रमा देखिएका थिएनन् ।

श्रीमतीका साथ काठमाडौंको डिल्लीबजार बस्दै आएका उनलाई दोस्रोपटक हृदयघात भएपछि आइतबार बिहानै अस्पताल लगिएको थियो । उनको आइतबार नै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*