घट्यो सुनको मूल्य

हेटौंडा टुडे
२०७९ पुष २६, मंगलवार १३:२८ गते

हेटौडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। आज सुन तोलामा चार सय रुपैयाँले घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख तीन हजार पाँच सय कायम भएको छ। यस्तै तेजाबी सुन आज तोलामा एक लाख तीन हजार कायम भएको छ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु २५ ले घटेको छ। आज चाँदी प्रतितोला एक हजार ३६५ तोकिएको महासङ्घले जनाएको छ। महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*