भरतपुरमा एक दम्पती मृत फेला

हेटौंडा टुडे
२०७९ पुष २६, मंगलवार १५:११ गते

हेटौंडा| चितवनको भरतपुर महानगरपालिका–२९ मा आज बिहान दम्पती मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार वडा नम्बर २९ लमजुङे टोलमा बस्ने २२ वर्षीय प्रेम राना मगर शान्ति  भनिने बुद्धिमाया मगर मृत भेटिएका हुन्।

प्रेम आफ्नै घरको कोठाको बलोमा नाइलनको डोरीको पासो लगाई झुन्डिएको अवस्थामा भेटिएका छन् भने उनकी श्रीमती २१ वर्षीया शान्ति घरबाहिर आँगनमा रहेको अँगेनाको छेउमा मृत भेटिएको अधिकारीले जानकारी दिए। मृतक बुद्धिमायाको टाउकोमा चोट देखिएको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*