हेटौडा । शितगंगा नगरपालिका वडा नम्बर ४ का ७० वर्षीय ज्ञानबहादुर नेपाली लाई जिपले ठक्कर दिँदा मृत्यु भएको हो । बिहीबार सन्धिखर्क गोरुसिङ्गे सडक खण्ड अन्तर्गत भेडामारेबाट अमराईतर्फ आउँदै गरेको लु ३ च ३३२० नम्बरको डबल क्याप जिपले शितगंगा नगरपालिका वडा नम्बर ४ कोप्चेबासमा नेपालीलाई ठक्कर दिएको थियो ।
ठक्करपछि टाउको र घुँडामा गहिरो चोट लागेर घाइते हुनुभएका नेपालीको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मीले जानकारी दिनुभयो। रेग्मीका अनुसार ठक्कर दिने गाडी तथा चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
सेयर गर्नुहोस्






















