क्रिकेटर लामिछानेको पुनरावेदनमा सुनुवाइ जारी

हेटौंडा टुडे
२०७९ पुष २८, बिहीबार १३:२३ गते

हेटौडा । बलात्कार आरोपमा कारागारमा रहेका क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनमा सुनुवाइ जारी रहेको छ ।पाटन उच्च अदालतमा न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा सुनुवाइ जारी रहेको हो । पेशी तेस्रो नम्बरमा रहेको छ ।

पछिल्लो पटक पुस २१ गते सन्दीपका वकिलले पेशी स्थगित गरेका थिए । पहिलो पटक सन्दीपकै तर्फबाट स्थगित भएको थियो भने दोस्रो पटक हेर्न नभ्याइने सूचीमा परेपछि स्थगित हुन पुगेको थियो ।

बलात्कार आरोपमा असोज २० गते पक्राउ परेका राष्ट्रिय क्रिकेट टोलीका तत्कालीन कप्तान लामिछाने हाल केन्द्रीय कारागारमा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*